वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम तथा केन्द्र प्रमुखहरुसंग वार्षिक समीक्षा गाेष्ठी सम्पन्न
March 28. 2023: ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बैजापुरकाे आयोजनामा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम तथा केन्द्र प्रमुखहरुसंग वार्षिक समीक्षा गाेष्ठी आज मिति २०७९/१२/१४ गते सम्पन्न भएकाे छ ।
बैजापुर गा.पा. वाड नं. ४ काे सचिब हाेम सूर्य के.सी. ज्यूकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा अतिथिकाे रुपमा संस्थाकाे प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी, ई.प्र.का. बैजापुरकाे प्र.ना.उ. प्रनानी प्रविन डि.सी., पत्रकार महासंघ बाँकेकाे सहसचिब हेमन्त चाैधरी, ग्रामीण महिला उत्थान केन्द्रकाे कार्यक्रम अधिकृत हित बहादुर थापा रहनु भएकाे थियाे ।
कार्यक्रममा ४ उत्कृष्ट केन्द्र र ३ सफल उद्यमीहरुलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे । मानव संसाधन प्रमुख नेप बहादुर चाैधरीकाे स्वागत मन्तब्यबाट शुरुवात भएकाे कार्यक्रमकाे सहजिकरण कर्जा अधिकृत कालीदास चाैधरीले गर्नु भएकाे थियाे ।