वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम तथा केन्द्र प्रमुखहरुसंग वार्षिक समीक्षा गाेष्ठी
April 10, 2023: ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय घाेराही दाङकाे आयोजनामा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम तथा केन्द्र प्रमुखहरुसंग वार्षिक समीक्षा गाेष्ठी आज मिति २०७९/१२/२७ गते घाराही दाङमा सम्पन्न भएकाे छ ।
संस्थाकाे प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी ज्यू काे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा ४ उत्कृष्ट केन्द्र , ५ जना उत्कृष्ट उद्येमी, १ बचत कर्ता र १२ अनुशासित केन्द्रहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएकाे थियाे ।
शाखा प्रबन्धक तिर्सना चाैधरीकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम माथि प्रकाश संस्थाकाे मानव संसाधान प्रमुख नेप बहादुर चाैधरीले गर्नु भएकाे थियाे ।
कार्यक्रममा संस्थाकाे शेयरधनी माधवा पाेख्रेल, ग्रामीण महिला उत्थान केन्द्रकाे सल्लाहकार तथा समाजसेवी रजनी श्रेष्ठ , कार्यक्रम अधिकृत हित बहादुर थापा ज्यूले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे ।
लेखापाल दसरथ चाैधरीकाे स्वागत मन्तब्यबाट शुरुवात भएकाे कार्यक्रमकाे सहजिकरण कर्जा बिभाग प्रमुख काली दास चाैधरीले गर्नुभएकाे थियाे ।
https://gsamachar.com/?p=26347&fbclid=IwAR2D_a217Hf09dt_6C1ii5UF2gm0gONgJxQP2sYBq-3qmbSI4QWnL4zT-Zg