वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम तथा केन्द्र प्रमुखहरुसंग वार्षिक समीक्षा गाेष्ठी
April 3, 2023: ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कारकाँदाेकाे आयोजनामा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम तथा केन्द्र प्रमुखहरुसंग वार्षिक समीक्षा गाेष्ठी आज मिति २०७९/१२/१६ गते नेपालगन्जमा सम्पन्न भएकाे छ ।
नेपालगञ्ज उ.म.न.पा. काे उपप्रमुख कमरुद्दिन सईज्यूकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा अतिथिकाे रुपमा संस्थाकाे प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी, वडा कार्यालय ४ काे कार्यवाहक अध्यक्ष राम साेहवन कुर्मी, वरिष्ठ नायब निरिक्षक अभय रावत, प्र. सहायक निरिक्षक लक्ष्मी गुरुङ, ग्रामीण महिला उत्थान केन्द्रकाे कार्यक्रम अधिकृत हित बहादुर थापा रहनु भएकाे थियाे ।
कार्यक्रममा ४ उत्कृष्ट केन्द्र , ४ सफल उद्यमीहरु, १ उत्कृष्ट बचतकर्ता र ४ अनुशासित केन्द्रहरुलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे भने विमा रकम रु. २,६८,८००/ स्व. साहेवा लखा पठानी काे श्रीमान हग्गन खाँ लाई प्रदान गरिएकाे थियाे । अनुगमन तथा सुपरिवेक्षण अधिकृत निर्मल चाैधरीकाे स्वागत मन्तब्यबाट शुरुवात भएकाे कार्यक्रमकाे सहजिकरण कर्जा अधिकृत कालीदास चाैधरीले गर्नु भएकाे थियाे ।