वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम तथा केन्द्र प्रमुखहरुसंग वार्षिक समीक्षा गाेष्ठी
April 3: ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय संझना बाँकेकाे आयोजनामा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम तथा केन्द्र प्रमुखहरुसंग वार्षिक समीक्षा गाेष्ठी आज मिति २०७९/१२/२० गते संझना बाँकेमा सम्पन्न भएकाे छ ।
बैजनाथ गा.पा.काे उप-प्रमुख निर्मला राेकाय ज्यूकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा अतिथिकाे रुपमा संस्थाकाे प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी, ई.प्र.का. संझनाका प्रहरी सहायक निरिक्षक खगेन्द्र बहादुर केसी रहनु भएकाे थियाे ।
साे कार्यक्रम शाखा प्रबन्धक शुसिला भण्डारीकाे सभाध्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा ४ उत्कृष्ट केन्द्र , ४ सफल उद्यमीहरु, १ उत्कृष्ट बचतकर्ता र २ अनुशासित केन्द्रहरुलाई सम्मान तथा पुरस्कृत गरिएकाे थियाे ।
शाखा कार्यालय संझनाकाे दिलमायाँ विश्वकर्माकाे स्वागत मन्तब्यबाट शुरुवात भएकाे कार्यक्रममा कार्यक्रम माथी प्रकाश मानव संसाधान प्रमुख नेप बहादुर चाैधरीले गर्नुभएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण कर्जा अधिकृत कालीदास चाैधरीले गर्नु भएकाे थियाे ।