•   082-560489
  •  
  •   aatmanirbhar2076@gmail.com
×

वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम तथा केन्द्र प्रमुखहरुसंगको वार्षिक समिक्षा कार्यक्रम

April 17,2023: ग्रामीण महिला उत्थान केन्द्रद्धारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय लमहीको आयोजनामा आज मिति २०८० बैशाख ०४ गते वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम तथा केन्द्र प्रमुखहरुसंगको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रका प्रमुख कार्यकारी अधिकृत सोगत वीर चौधरी ज्यूको प्रमुख आतित्थयतामा सम्पन्न कार्यक्रममा अतिथिको रुपमा ग्रामीण महिला उत्थान केन्द्रको कार्यक्रम संयोजक हित बहादुर थापा, लमही नगरपालिका वडा नं. ५ को वडा अध्यक्ष ओम प्रकास सुबेदी, थारु कल्याणकारी समितिको पूर्व केन्द्रिय सदस्य, समाज सेवी कमल नारायण चौधरी, पत्रकार नारायण विवस, सफल उद्यमी, लघुवित्त राष्ट्रिय सदस्य सम्मेलनबाट पुरस्कृत तथा सम्मानीत गिता चौधरी, अभिभावक जितु घर्ति लगायत रहुन भएको थियो ।

कार्यक्रममा वर्ष भरिको उच्च मुल्यांकन गरी चार उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार रासी तथा सम्मान पत्रले सम्मान गरिएको थियो भने संस्थाबाट कर्जा लिई ब्यवसाय संचालन गर्नु भएका तिन उद्यमी सदस्यहरुलाई तथा १० अनुशासित केन्द्रहरु, उत्कृष्ट बचत कर्ता सुशिला घर्ति ज्यूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अभिभावक विहीन ६ जना छात्रछात्राहरुलाई छात्रवृत्ति स्वरुप स्टेसनरीका सामग्रीहरु वितरण गरिएको थियो । विमा कार्यक्रम अन्तरगत केन्द्र नं. ९८ को निर्मला चौधरीलाई किरीया खर्च बाफत रु. २५,६५०। उपलब्ध गराईएको थियो ।

कार्यक्रममा उघेमी सदस्यहरु, उत्कृष्ट केन्द्रहरुले आफूले यस संस्थाले कर्जा उपलब्ध गराई उद्येमी बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

शाखा प्रबन्धक नेहा परियारको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम कर्जा अधिकृत काली दास चौधरीको स्वागत मन्तब्य शुरुवात भएको थियो । कार्यक्रमको सहजिकरण मानब संसाधन प्रमुख नेप बहादुर चौधरीले गर्नु भएको थियो ।