•   082-560489
  •  
  •   aatmanirbhar2076@gmail.com
×

जमल चौधरी:सफलताको कथा

March 17, 2023: जमल चौधरी घोराही उपमहानगरपालिका १६ रझेना निवासी बिष्णु चौधरी र आमा लैहया चौधरीको छोरी हुन । अहिले उनि ३१ बर्षकी भइन । ९ बर्षको कलिलो उमेरमा मालिकको घरमा कमलरी बस्न बाध्य भएकी जमल ५ बर्ष सम्म अर्काकै घरमा काम गरेर जिबन बिताइन ।

घरको आर्थिक स्थिति कमजोर भएर छोराछोरी हुर्काउन समस्या भएपछि जलमको बुवाले उनलाई कमलरी बस्न पठाउनुभएको थियो । पढने उमेरमा बिद्यालय जान नमाएकी जलम १४ बर्ष पछि मात्र पढाइ शुरु गरेकी थिइन ।

कक्षा १० सम्म संस्थाको सहयोगमा पढने अवसर पाएकी जलमलाई त्यसपछिको पढाइ पुरा गर्न वुवाले नसकेपछि  बिबाह गरिदिनुभयो । बिबाह पछि पनि घरमा आर्थिक समस्याले गर्दा जलमलाई धेरै दुःख भोग्न परयो । श्रीमान बेरोजगार घरको आर्थिक स्थिति कमजोर भएर आफुलाई अति आवस्यक पर्ने सामानहरु पनि किन्ने पैसा नहुदा धेरै समस्या भोग्नु परेको अनुभव सुनाइन ।  

जलमको ८ बर्षको एक छोरा छ । “आफु पढन नसकेर यो दुख भोग्न परयो छोरालाई चाहि राम्रो बिद्यालयमा पढाउछु,, उनले भनिन । जलम अहिले माइती नजिकै रझेनामा परिवार सहित कोठाभाडामा बस्दै आएकी छिन ।

जलमलाई घरखर्च चलाउन र छोरालाई पढाउन समस्या हुन थालेपछि गाँउमै संचालन हुदै आएको एक समुहमा आबद्ध भइन । समुहमा बसेपछि बचत गर्नुसंगै महिलाहरु आत्मनिर्भर बन्नको लागी ब्यबसाय गर्नुपर्ने रहेछ भन्ने कुराको महशुस भयो ।

त्यसपछि समुहबाट ऋण लिएर सानो भएपनि ब्यवसाय गर्ने सोच बनाइन ।  यसरी आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.बाट रु. ५० हजार ऋण  लिइ २०७५ सालमा किराना पसलको स्थापना गरिन । बिस्तारै पसलबाट आम्दानी हुदै गयो आफुले लिएको ऋण पनि चुक्ता गर्दै गइन ।

ऋण लिइ सकेपछि नियमित र समयमा किस्ता तिर्नुपर्छ भन्ने कुरा राम्रो संग बुझिसकेकी जलम लघुबित्त संस्थाबाट ऋण लिदै पसल पढाउदै गइन । समुदायको आवश्यक्ता अनुसार पसलमा सामान थप्दै गएर पसल ठुलो भयो । अहिले किराना पसल संगै फे्रसहाउस र नास्ता पसल पनि जोडिएको छ ।

जलम बिहान देखि बेलुका सम्म पसलमै ब्यस्त हुन्छिन भने उनको श्रीमान पनि संगसंगै पसलमा सहयोग गर्ने गर्दछन । 
पसलबाट दैनिक ७०० देखि १००० सम्म आम्दानी हुने बताउदै सिजनको समयमा मासिक रु १ लाख २५ हजार सम्म आम्दानी हुने गरेको बताइन । पसलबाट आम्दानी भएको रकमले घरखर्च, चलाउन र छोराको पढाइमा खर्च गरि बाँकी रकम सहकारी र समुहमा बचत गर्दै आएको बताइन ।

तिन वटा समुहमा मासिक रु.२००० र एउटा समुहमा दैनिक ४०० देखि ५०० सम्म बचत गर्ने गर्दछिन । समुहमा बचत गरेर राखेको रकमबाट घोराही १८ रझेनामा घडेरी खरिद गरिसकेकी छन भने ब्यवसायलाई अझ सजिलो बनाउन मोटरसाइकल पनि किनिसकेको बताइन ।

हाल सम्म कोठाभाडामा बस्दै आएका जलमको परिवार अब छिटै आफनै घर बनाएर बस्ने योजना रहेको बताइ। पढन नपाएकै कारण धेरै दुःख पाएको सुनाउदैे छोरालाई राम्रो शिक्षा दिएर आफुले सोचेको सपना पुरा गर्ने लक्ष्य रहेको बताउदै आफुले गरेको ब्यबसायले परिवारमा सन्तुष्टि ल्याएको सुनाउदै खुशि ब्यक्त गरिन  । 

ब्यबसाय गरेर आत्मनिर्भर भएपछि ब्यक्तिगत वा पारिवारिक जिबनमा कुनै किसिमको समस्याले प्रभाव नपार्ने अनुभव सुनाउदै आगामी  दिनमा पसल अझ ब्यबस्थित बनाएर संचालन गर्ने योजना रहेको बताइन । 

Prepared by Shiva Chaudhary