•   082-560489
  •  
  •   aatmanirbhar2076@gmail.com
×

सफलताको कथा


April 21, 2023: लमही नगरपालिका ३ नारायणपुरकी खिउरी वली आफुलाई एक सफल उद्यमीको रुपमा चिनाउन मन पराउनुहुन्छ ।

५६ बािर्षया खिउरी वलीको परिवारमा ३ भाई छोरा र बुहारीहरु मध्ये सबै छोराबुहारीहरु घर छुटिएर बसेका छन भने श्रीमान भारतको सिमलामा काम गर्नुहुन्छ ।

घरमा एकलै बस्दा दिन बिताउन गाह्रो र आफुसंग भएको केहि स्रोतको परिचालन बाट आम्दानी हुने भएकोले घर नजिकै रहेको करेसा बारीमा तरकारी उत्पादन गर्नुहुन्छ । १० कट्ठा जति ऐलानी जग्गामा बेमौसमी तरकारीहरु करेला, लौका, भिन्डी ,बोडी टमाटर लगायतका तरकारीहरु उत्पादन गरि बिक्रि बितरण गर्दै आउनुभएको छ । आफैले उत्पादन गरेको तरकारी खानका लागि स्वास्थ र अर्गानिक हुनेभएकोले बजारबाट महगों तरकारी खरिद गर्ने रकमको पनि बचत भएको  बताउनुभयो  । 


। २०६६ साल देखि आत्मनिर्भर लघुबित्त बित्तिय संस्था द्धारा गठन गरिएको नारायणी महिला उत्थान केन्द्र नामक समुहमा आबद्ध भइ बचत गर्दै आएकी खिउरी वली तरकारीखेति संगै बाख्रा पालन पनि गर्नुहुन्छ । समुहमा बस्दा उद्यम ब्यवसाय गर्न चाहने सदस्यलाई ऋण लगानीको ब्यवस्था हुने भएकोले बाख्रा पालन गर्ने योजना बनाएको बताउनुभयो ।

समुहमा बचत गर्ने रकम श्रीमान संग माग्न नपर्ने र आफुलाई आवश्यक पर्ने कुनै पनि सामाग्रीको ब्यबस्थापन गर्न सजिलो हुने भएकोले बाख्रापालन बाट सन्तुष्ट रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ तरकारी उत्पादनबाट आएको रकम घरखर्च चलाउनमा प्रयोग गर्छु र बाख्रा बेचेर आएको रकम समुहमा बचत गर्छु । यति मात्र होइन खिउरी वलीले कुखुरा पालन पनि गर्दै आउनुभएको छ ।

आफु बस्दै आएको समुहबाट रु. ५० हजार ऋण र आफुसंग भएको केहि रकम लगानी गरि  कुखुरा पालन ब्यवसाय शुरु गर्नुभयो । बाख्र्रा र कुखुरा पालन बाट मासिक रु. ७५ हजार देखि १ लाख सम्म आम्दानी हुने बताउदै कुखुरा फार्मलाई अझै फराकिलो बनाई ब्यवसायीक रुपमा लैजाने योजना रहेको बताउनुभयो । 


उमेर ढल्किदै जाँदा भबिश्यको चिन्तामा भाबुक हुदै छोराछोरी हुर्काए पढाए तर यो उमेरमा छोडेर गए । अरुको आशमा बस्नुभन्दा आफै सक्षम हुनपर्ने रहेछ भन्दै समुहमा जमा गरेर राखेको रकम भबिश्यमा बुढेसकालको सहारा बन्नेछ भन्नुभयो । ब्यवसाय गर्न आँट गर्नेहरुका लागी  यो बित्तिय समुह एकदमै उपयोगी रहेको बताउदै समुहमा बस्ने सबै दिदिबहिनीहरुलाई आत्मनिर्भर बन्न सन्देश दिनुभयो ।