•   082-560489
  •  
  •   aatmanirbhar2076@gmail.com
×

बंगुर ब्यवसायबाट स्वरोजगार बन्दै बिष्मा बढामगर 

गढवागाँउपालिका १ पत्रिङगा निबासी बिष्मा बुढामगर अहिले ४३ बर्षको हुनुभयो । बिष्माको परिवारमा श्रीमान र २ छोरी सहितको सानो परिवार छ । ठुलो छोरी १६ बर्षकी भइन भने सानो छोरी १२ बर्षकी छन । छोरीहरुलाई पढाउन र घरखर्च चलालउनको लागी बिष्मा आफै मेहनत गर्नुहुन्छ । आफुसंग भएको ८  कठ्ठा जग्गामा मकै बाली र धान बाली उत्पादन गरि बर्षभरिलाई चाहिने खानको बन्दोबस्त गर्नुहुन्छ भने छोरीहरुको पढाइ खर्चको लागी बंगुर पालन ब्यवसाय गर्दै आउनुभएको छ ।
भौगोलिक रुपमा हेर्दा गढावा गाउपालिकाको पत्रिङगा गाँउलाई बिकट क्षेत्र मानिन्छ । जंगलको छेउ र पानीको सिचाइ ब्यवस्था नभएकोले त्यस ठाँउमा खेतीपाति र तरकारी खेति जस्ता बालि उत्पादन गर्न समस्या छ । जग्गा जमिन धेरै भएका किसानहरुले पनि मकै बाली बाहेक अन्य बाली त्यति उत्पादन नगर्ने बताउनुहुन्छ । खेतिपातीबाट मात्र राम्रो आम्दानी नभएपछि त्यस ठाँउका पुरुषहरु प्रायजसो बैदेशिक रोजगारमा जाने गर्दछन । तर बिष्मा भने आफनो श्रीमानलाई बिदेश नपठाएर गाँउमै केहि ब्यवसाय गरेर बस्ने उचित ठान्नुभयो । दुबै जना मिलेर केहि ब्यवसाय गरि आफनै गाँउठाँउमा पैसा कमाउने योजनाका साथ बंगुर पालन गर्ने सल्लाह गर्नुभयो ।
करिब ११ बर्ष देखि आत्मनिर्भर लघुबित्ति बित्तिय संस्था लि. मा आबद्ध भई बचत गर्दै आएकी बिष्मालाई  ब्यवसाय गर्ने उत्प्रेरणा पनि लघुबित्तले नै दिएको भन्नुहुन्छ । भालुबाङ शाखा द्धारा गठन गरिएको सुनछाहरी महिला उत्थान केन्द्रमा आबद्ध भएपछि ब्यवसाय गर्न चाहने सदस्यहरुलाई ऋण उपलब्ध गर्ने ब्यवस्था रहेको थाहा पाउनुभयो । थोरै लगानी बाट सानो ब्यवसायको कशुरुवात गरि स्वारोजगार बन्न सकिने लक्ष्यका साथ बंगुर पालन ब्यवसाय शुरु गर्नुभयो । आफुले बचत गरेर राखेको केहि रकम र समुह बाट रु १ लाख १० हजार रकम ऋण लिई २०७६ सालमा बंगुर पालन गर्न शुरुवात गर्नुभयो । बंगुरको पाठा उत्पादन गरि बिक्रिी गर्ने उद्धेश्यले शुरुमा ३ वटा पोथी वंगुर  पाल्नुभयो । यसरी एउटा पाठाको मुल्य रु.५ हजारका दरले एक लतमा १० देखि ११ वटा पाठा उत्पादन गरि बिक्रि गर्दैजानुभयो । उत्पादन राम्रो हुनथालेपछि बंगुरको संख्या पनि पढाउदै गएर अहिले ९ वटा बंगुर खोरमा रहेको बताउनुभयो । ६ महिनाको अन्तरमा पाठा उत्पादन हुने बंगुर पालनबाट बिष्माले  मासिक २ लाख सम्मको आम्दनी लिन सफल भएको बताउनुभयो । 
केहि लगानी , थोरै मेहनत र राम्रो ब्यवस्थापन गर्न सकेमा घरमै बसी मनग्य आम्दनी लिन सकिन्छ भन्ने सिकाइका साथ युवाहरुलाई बिदेशमा गर्ने मेहतन आफनै देशमा गरेर स्वरोजगार बन्न संदेश दिनुभयो । बंगुर पालन बाट राम्रो आम्दानी भएपछि बिष्मा बुढामगरले भबिश्यमा थप लगानी गरी ब्यवसायिक रुपमा बंगर फार्म संचालन गर्ने लक्ष्य रहेको बताउनुभयो । (Prepared by Shiva Chaudhary)