•   082-560489
  •  
  •   aatmanirbhar2076@gmail.com
×

व्यवसायले बनायो लक्ष्मीलाई करोडपति

May 14, 2024: घोराही । कालोपत्रे सडक अगाडि पक्की घर, घर पछाडिको गोठमा चारवटा जर्सीगाई, एउटा बहर, तीनवटा बाच्छी, अर्को खोरमा २३ जीउ बाख्रा साथमा गाईको स्याहार सुसारमा लागेका युवाहरुको एउटा जोडी । यो दृश्य हो तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कृष्ण मन्दिर टोलकी लक्ष्मी केसीको ब्यावसायिक उद्यम स्थलको ।

अहिले उहाँको गोठमा पालिएका तीनवटा गाईले दूध दिइरहेका छन् भने एउटा गाई ब्याउने बेला भएको छ । ‘अहिले तीनवटा गाईले दैनिक १३ लिटर दूध दिइरहेका छन्, दैनिक करिब २० लिटर उत्पादन हुने भए पनि तीनवटा गाई पनि गर्भिणी भएकाले केही समय यता १३ लिटरमा झरेको हो’– लक्ष्मी भन्नुहुन्छ– ‘दाङमा धेरै मानिसले भैंसी पालन गरे पनि मैले भने गाई पाल्न थालेको हँु । भैंसीले तीन÷चार महिनामा दूध छुटाउने मात्र होइन थोरै दूध दिने तर जर्सी गाईले धेरै र लामो समयसम्म दूध दिने भएका कारण गाई पालनलाई महत्व दिएकी हँु ।’

विगत पाँच वर्ष अघिदेखि गाई पालनमा लागेकी लक्ष्मीले खर्च कटाएर सरदर मासिक २५ हजार हुने बताउनुहन्छ । दूध फ्याटको आधारमा मूल्य निर्धारण हुने हुँदा मूल्यको निश्चित नहुने भए पनि सरदर प्रतिलिटर ७० देखि ७५ रुपैयाँका दरले बिक्री हुने गरेको र बजारको समस्या नभएको केसी बताउनुहुन्छ । ‘त्यसैगरी गाईको मल प्रतिटेक्टर चार हजारका दरले बिक्री हुने हँुदा दानाको खर्च मलबाटै उठ्छ’– केसीले भन्नुभयो । उहाँले एक विगाह पाँच कठ्ठा जग्गा वार्षिक ४५ हजारका दरले भाडामा लिएर डाले घाँस र उन्नत जातका घाँस हुर्काउनुभएको छ भने केही जग्गामा मौसम अनुसारको बालीनाली लगाउने गर्नुहुन्छ । उहाँले पाउलोनिया, किमु, इपिल, बकाइनो र अन्य उन्नत जातका घाँसको खेतीबाट उत्पादित घाँस र स्थानीयस्तरमा पाइने घाँस, भुस पराल ख्वाउनु हुन्छ ।

गाईको साथ साथै लक्ष्मीको आम्दानीको अर्को स्रोत बाख्रा पालन हो । खसी बोका र पाठापाठी बिक्रीबाट पनि वार्षिक दुई लाख भन्दा बढी कमाइ हुने लक्ष्मी बताउनुहुन्छ । त्यसो त लक्ष्मीको यो ब्यवसाय त्यसै माथि उठेको भने होइन । गाई र बाख्रा पालन भन्दा अघि लक्ष्मीको जोडीले निकै संघर्षका दिन बिताउनु प¥यो । उहाँले ग्रामीण महिला उत्थान केन्द्रद्वारा गठित समूहमा आबद्ध भएर ८० हजार ऋण बोकेर ब्यवसाय शुरु गरेको बताउनुभयो । झण्डै पाँच वर्ष अघिबाट गाई र बाख्रा पालनलाई एकैसाथ लगेको उहाँले बताउनुभयो ।

‘मैले किस्ता तिर्दै कर्जा लिदै गरेको अनुभवका आधारमा ब्यवसाय गरे कमाउन सकिन्छ भन्ने लाग्यो र गाई पालनका लागि पाँच लाख रुयैयाँ कर्जा लिएँ । त्यो चुक्ता गरेर फेरि तीन लाख रुपैयाँ लिएकी छु’– उहाँले भन्नुभयो– ‘शून्यबाट शुरु गरेको कारोबारबाट अहिलेसम्म घडेरी किनेर ६५ लाखको लगानीमा ढाइ तलाको पक्की घर निर्माण गरेको छु ।’ उहाँले गाई र बाख्रा पालनबाट वर्षेनि पाँच÷छ लाख कमाइ हुने गरेको र घरको तल्लो कोठाबाट मासिक १४ हजार भाडा आउने भएकाले खान, लाउन र बस्न समस्या नभएको बताउनुभयो ।