•   082-560489
  •  
  •   aatmanirbhar2076@gmail.com
×

सफल उद्यमी देवीमायाँ अाले

June 25, 2024, Dang Ghorahi: 

घोराही उप–महानगर पालिका वडा नं.१६, रातामाता निवासी देवीमायाँ पुनको व्यवसायको मुहार फेरिएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय घोराही वाट गठित केन्द्र नं ५७ मा २०६८ सालमा आवद्धभै वचत गर्न थाले जुन वेला वचत गर्ने रकम हुदैन थियो, महिनाको ५० रुपैया वचत वाट वचत गर्न शुरु गरेको उहाँले भन्नुभयो ।
पहिले त ग्रामिण महिला उत्थान केन्द्र वाट सर समुह निर्माणको लागि आउनु भयो समुहमा वसेपछि वचत गर्ने र सामुहिक जमानीमा कर्जा पाईन्छ भन्ने थाहा पाए, तिर्ने २ हप्ताको रहेछ । पहिले तिर्न सकिदैनकी भन्ने डर लाग्थ्यो तैपनी श्रीमान संग सल्लाह गरी आँट गरेरै रु. १०,०००। कर्जा लिई साइकल पसलमा लगायौ, पछि २ वटा वंगुरपालन वाट शुरु गरँे ।
केही समय आम्दानी हुन थालेपछि २० हजार, ५० हजार, १ लाख गदै कर्जा लिदै वंगुरको खोर निर्माण र पाठा पाठी खरिद गरी पाल्न थाले र वर्षको ३ लाख भन्दा वढी आम्दानी हुन थाल्यो । हाल २ छोराहरुको सहयोगमा बंगुर संगै वाख्रापालन गर्ने सोच वानाएँ । हाल साना ठुला गरी वाख्रा ४५ वटा रहेका छन भने १० वटा वंगुर छन देवीमायाँले भन्नु भयो ।
 
शुरुवाती अवस्थामा समुह पनि थिएन पैसा पनि हुदैन थियो अहिले १५ वर्ष भयो समुहमा आवद्ध भएको १५ वर्षको अन्तरालमा सानो वचत वाट एक लाख पचास हजार रकम पनि आफनो खातामा रहेको वताउनु भयो । काम गदै गएपछि सिकाई हुदै जाँदो रहेछ । अहिले आफैले पैसा कमाउन सक्षम भएकोमा गर्भ लाग्छ उहाँले भन्नु भयो ,पहिले सापटी माग्न जाँदा कसैले पत्याउदैनथे , अहिले १०–१५ हजार सापटी दिइरहेको छुु ,उहाँले भन्नु भयो ।
 
वित्तीय साक्षरताको ज्ञान पैसा कसरी कमाउने , कसरी खर्च गर्ने, कम लागतमा कसरी व्यवसाय गर्ने भन्ने सिप सिकेको र परमपरागत पशुपालनलाई कसरी व्यवसायीक वनाउने भन्ने ज्ञान लिएपछि व्यवसाय गर्न आँट आएको उहाँले वताउनु भयो ।
 
६ जना परिवार रहेको देवीमायाँको परिवारमा २ छोरा, श्रीमान, बुहारी र नाति रहेका छन भने श्रीमान पहलमान आलेमगर १६ वर्ष देखि साइकल मर्मत गर्ने काम गदै आउनु भएको छ । छोरा , वुहारीको सहयोगमा देवीमायाँले पशुपालन व्यवसायमा तल्लीन हुनुहुन्छ । २ विघा जमिन लिजमा लिएर देविमायाँले वाख्राको व्यवस्थित खोर, वंगुरको खोर निर्माण गर्नभएको छ भने वार्षिकरुपमा १४ लाख भन्दा वढी आम्दानी गरी ८ लाख वचत गर्न सफल हुनुहुन्छ ।
 
आगामी दिनमा उन्नत जातका बाख्रा र वंगुरका पाठापाठी ल्याई अझै वृद्धि गरी पाल्ने सोँच वनाएको छु उहाँले भन्नुभयो । कसरी यो व्यवसाय सम्हाली रहनु भएको छ भनेर गाउँमा सोध्ने गर्छन, उनिहरुलाई पनि आफुले जानेको कुरा सिकाउने गरेको छु । घर परिवारको साथ र संस्थाको सहयोगले यहाँ सम्म आएको छु भन्दै यो देखेर आफुलाई औधि खुसी भएको वताउनु भयो ।