•   082-560489
  •  
  •   aatmanirbhar2076@gmail.com
×

धैर्यताले मौलायो नन्दकलीको बंगुरपालन ब्यवसाय

August 22, 2024: Dang Ghorahi:
 
बबई गाउँ पालिका ६, कौसिलापुर (खिलतपुर) निवासी नन्दकली थापा आज भन्दा ९ वर्ष अगाडी ग्रामीण महिला उत्थान केन्द्र (आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड) को केन्द्र नं. १४, सगरमाथा महिला उत्थान केन्द्रमा आवद्ध हुनुभएको थियो । श्रीमान, छोरा र आफू गरी तिन जनाको परिवार बंगुरपालन तथा कृषि ब्यवसाय गर्दै आउनु भएको छ । उहाँ यस संस्था संस्थामा आवद्ध भए पश्चात ब्यवसाय सञ्चान गर्नको लागि धेरै पटक कर्जा लिनु भएको छ । रु.२०००० लिई शुरुवात गरेको ब्यवसाय आज ५०००००। सम्म विना धितो कर्जा लिन सक्ने उहाँको क्षमता बनेको छ ।
 
केही वर्ष अगाडी उहाँले संचालन गरेको ब्यवसायमा उतारचढाव आयो । बंगुरपालन ब्यवासय राम्रो देखि पछि बंगुरपालनमा उच्च बृद्धि देखियो । बंगुरपालक किसानहरु बृद्धिसंगै मासुको उत्पादनमा निक्कैनै बृद्धि आयो । अर्थशास्त्रको मागको नियम अनुसार उत्पादन धेरै पएपछि मासुको माग घट्यो । बजारमा बंगुरको मासु खपत हुन छोड्यो । झन त्यसैमा बंगुरमा लाग्ने ज्वरोको कारण बंगुर मर्न थाले । यति सम्म भयो कि किसानहरुले बंगुर पसलवालाहरुलाई आफ्नो बंगुर काट्नको लागि अनुरोध गर्नु पर्ने अवस्था, पसलवालाले भनेको मूल्यमा मासु दिनु पर्ने अवस्था आयो । मासुको मुल्य यतिसम्म खस्कीयोकी बंगुरहरुलाई दाना खुवाउन समेत हम्मेहम्मे पर्न थायो बंगुरपालन गर्ने किसानहरुलाई । धार्नीको रु.७००–८०० रहेको मासुको मुल्य घटेर रु. ४०० सम्म आयो ।
 
रु.४०००–५००० मा विक्री हुने पाठापाठी रु. १५०० मा दुईवटा पाठापाठी समेत विक्री गर्न बाध्य भएको सुनाउनु भयो । बजारमा मासुको मूल्य घटेसंगै बंगुरपालक किसानहरु बंगुरपालन गर्न छोडे र पनि उहाँले हार खानु भएन । खोरलाई ब्यवस्थित बनाउदै बंगुरपालन गर्दै जानु भयो ।
 
बंगुरपालनमा आएको ह्रास संगै बंगुरको मासुको माग बढ्न थाल्यो । हाल बंगुरको मासु बजारमा प्रति के.जी. रु.४५० को दरले विक्री हुँदै आईरहेको छ । गाउँघरमा रु. ८०० देखि ८५० सम्म प्रति धार्नी बिक्री हुँदै आएको सुनाउनु हुन्छ । हाल उहाँ संग पाठापाठीसंग ४० वटाको हाराकारीमा बंगुर रहेका छन् । २ वटा माउ पाउने अवस्थामा रहेका छन् । रु. १५०० मा दुई पाठापाठी विक्री गरेकोमा पाठापाठीको माग वढेसंगै अहिले रु.५००० मा एउटा बिक्री गर्दै आईरहेको बताउनु भयो । आफूसंग रहेको २४ वटा पाठापाठी मध्ये १२ वटा पाठापाठीको ५००० को दरले अग्रीम छेकाईसकेको बताउनु भयो । दुईवटा माउले बच्चा जन्माए पछि अहिलेको सिजनमा मात्र रु. २०००००। बराबरको बिक्री गर्ने बताउनु भयो ।
 
बजारमा बंगुरको माग बढेको देखेर आज उहाँ दंग हुनुहुन्छ । धैर्य गरेर ब्यवसाय संचालन गरेकोमा एकना एकदिन यसको प्रतिफल प्राप्त हुने रहेछ भन्दै आउदा दिनहरुमा पनि संस्थाको सहयोगको अपेक्षा गर्नु भएको छ ।